
पोखरा । स्याङ्जामा अबैध भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् ।
सोमबार दिउँसो करिब २ बजे हरिनास गाउँपालिका–३ बलाम्दी निवासी ४० वर्षीय तुलबहादुर रानालाई अबैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
रानाको घरको कोठाबाट एक थान भरुवा बन्दुक, बारुद, सीसाका छर्रा ३१ वटा, हतियारमा प्रयोग गरिने राउण्ड १ थान र बन्दुकमा प्रयोग हुने चापघोडा २ थान बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पक्राउ परेका रानाविरुद्ध कानूनी कारबाहीको प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
