आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका पश्चिमी भू–भागमा आंशिक बदली भइ अन्य स्थानको मौसम आज मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानिय वायुकाकारण पश्चिमी भू–भागको मौसम प्रभावित रहे पनि हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएका कारण अन्य स्थानको मौसम सफा रहने मौसमविदले बताएका छन् ।

अहिले बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: