विश्वभर १० करोड ६९ लाख बढीमा कोरोना संक्रमण, २३ लाख ३५ हजारको मृत्यु

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १० करोड ६९ लाख ९८ हजार ११५ पुगेको छ ।

गत २४ घण्टामा थप ३ लाख १९ हजार ३५४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा ८ हजार १९० जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ३५ हजार ६३५ पुगेको वल्र्डोमिटसले जनाएको छ ।

तीमध्ये ७ करोड ८९ लाख ८१ हजार १९७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ५३ हजार ८७९ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५६ लाख ८१ हजार २८३ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख २ हजार ९७६ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७७ लाख ६२९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ७५ लाख १२ हजार ५८४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ७६ हजार ४०५ पुगेको छ ।

हाल अमेरिकामा ९७ लाख ११ हजार ६४० सक्रिय संक्रमित छन् । ती मध्ये २१ हजार ४३५ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: