वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय

Share:

काठमाडौँ । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते बाँकी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो।

बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ।

यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेनिर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोहीदिन सदर गरिदिएकी थिइन् ।

त्यसलगत्तै नेकपा दुई समूहमा विभाजित भएका छन् । विभाजित नेकपाको आधिकारिकताको विवाद पनि निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन ।

संसद विघटन विरुद्ध परेका एक दर्जन बढी रिटमाथि पनि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: