पोखराका २५ सहित गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २५ सहित गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ३४ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २५ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ र पर्वतका ३/३ जना, स्याङ्जाका २ जना तथा म्याग्दीका एक जनामा पनि कोरोना देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ४८ र ५६ वर्षीय पुरुष, वडा नं.४ का २९ वर्षीय पुरुष, वडा नं.५ का ४० र ५५ वर्षीय पुरुष, वडा नं.६ का ३५ र २८ वर्षीय पुरुष, वडा नं.७ का ३६ वर्षीय पुरुष, वडा नं.८ की ३६ वर्षीया महिला, वडा नं.९ का ३१ र ३२ वर्षीय पुरुष, वडा नं.१० की ३२ वर्षीया महिला, वडा नं.११ का ८ वर्षीय बालक, वडा नं.१२ का ३९ र ५० वर्षीय पुरुष, वडा नं. १३ का ४२ र ७१ वर्षीया महिला, वडा नं.१४ का ४४ वर्षीय पुरुष, वडा नं. १५ की ३० वर्षीया महिला, वडा नं.२७ की ३० वर्षीया महिला, वडा नं.२९ का ४० र ७३ वर्षीया महिला, वडा नं.३० का ४३ र ५२ वर्षीय पुरुष, वडा नं. ३१ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

त्यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ की ८३ वर्षीया महिला, वडा नं.३ की ६८ वर्षीया महिला, वडा नं.७ का ५० वर्षीय पुरुष, पर्वत कुश्मा वडा नं.२ का ३८ र ७० वर्षीया महिला, वडा नं. १ का ३८ वर्षीय पुरुष, स्याङ्जा कालिगण्डकी वडा नं.३ का २३ वर्षीय पुरुष, आँधिखोला वडा नं.४ की २६ वर्षीया महिला एवं म्याग्दी मंगला वडा नं.१ की ३० वर्षीया महिलामा पनि कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७३० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: