
पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
आज छापावाला सुन तोलामा १५ सयले बढेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रहेको छ ।
यसैगरी आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
