मंगलबार गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि, ३८ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका २५ सहित आज मंगलबार गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ३४ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २५ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ र पर्वतका ३/३ जना, स्याङ्जाका २ जना तथा म्याग्दीका एक जनामा पनि कोरोना देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७३० पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार १९२ पुगेको छ ।

हाल प्रदेशभर ३३५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३०९ जना रहेका छन् ।

हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १२२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २८ हजार १४० नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: