
काठमाडौँ । सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाडपर्वको बिदा कटौती गरेको थियो ।
कमेन्ट गर्नुहोस्
