
पोखरा । देशभर थप १६० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६१ महिला र ९९ पुरुष गरी १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयलले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।
ती मध्ये २ लाख ६८ हजार ४३१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा देशभरबाट थप १६५ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।
अहिले देशभर १ हजार ७३७ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८७ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ३०९ परिक्षण भएको छ भने हालसम्म २१ लाख १ हजार ५९ परिक्षण भएको छ ।
