
काठमाडौँ । संसद विघटनको विरुद्धमा आन्दोलनरत नेकपाको प्रचण्ड–माधव समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।
पुष्पकलम दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हो । सो सभालाई अध्यक्षद्वयसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।
विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य -याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएको छ ।
विरोधसभामा दुई लाख भन्दा बढि कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । त्यसका लागि विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाडौँ ल्याएको छ । नेकपाको प्रचण्ड–माधव समूहले बुधबारको ‘जनप्रदर्शन’ निर्णायक हुने समेत दाबी गरेको छ ।
यसअघि प्रचण्ड–माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौँमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।
