
पोखरा । पोखराका १९ सहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बुधबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका २२ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङ, स्याङ्जाका र म्याग्दीका एकएक जनामा पनि कोरोना देखिएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ५१ वर्षीय पुरुष, वडा नं. ६ का ७८ वर्षीय पुरुष, वडा नं. ८ का ४५ र ७४ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं. ९ का ३७ वर्षीय पुरुष, वडा नं.१० का ४४ वर्षीय पुरुष, वडा नं. ११ का ३८ वर्षीय पुरुष, वडा नं. १२ का ४१ वर्षीय पुरुष, वडा नं.१४ का ३५ वर्षीय पुरुष, वडा नं. २७ का ४० वर्षीय पुरुष तथा ३८ र ६५ वर्षीया महिला, वडा नं. २९ की ५० वर्षीया महिला, वडा नं. ३० का ४४ वर्षीय पुरुष तथा ४२ र ६४ वर्षीया महिला, वडा नं. ३१ की २७ वर्षीया महिला, वडा नं.३२ की २४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
बाग्लुङ गल्कोट वडा नं.११ का ६५ वर्षीय पुरुष, स्याङ्जा बिरुवा वडा नं.८ का ७७ वर्षीय पुरुष एवं म्याग्दी मंगला वडा नं.३ का ३४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७५६ पुगेको छ ।
