पर्वतमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ

Share:

पर्वत । पर्वतमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको जलजला गाउँपालिका–४ धुलेपालसिङ निवासी ३३ वर्षीय रामबहादुर परियार रहेका छन् ।

घरायसी झगडाका कारण उत्पन्न विवादपछि श्रीमती ३४ वर्षीया श्रीमती सन्तु जलारीलाई सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा लगेर हत्या गरेको आरोपमा प्रहरीले मंगलबार दिउँसो रामबहादुरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रामबहादुरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: