पोखराका २३ सहित बुधबार गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि, ३६ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका २३ सहित आज बुधबार गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका २६ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ, स्याङ्जाका र म्याग्दीका एकएक जनामा पनि कोरोना देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७५६ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार २२८ पुगेको छ ।

हाल प्रदेशभर ३२५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३०३ जना रहेका छन् ।

हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १८० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २८ हजार ३२० नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: