देशभर थप १३४ जनामा कोरोना पुष्टि, मृत्यु शून्य

Share:

पोखरा । देशभर थप १३४ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६३ महिला र ७१ पुरुष गरी १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयलले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा देशभरबाट थप ११८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ ।

हालसम्म नेपालमा २ हजार ४७ जना कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा भने देशभर कसैको पनि कोरोनाले मृत्यु भएको छैन ।

अहिले देशभर १ हजार ७५३ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८८ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५६७ परिक्षण भएको छ भने हालसम्म २१ लाख ४ हजार ६२६ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: