
पोखरा । पोखराका १९ सहित बिहीबार गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका २१ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, पर्वत र स्याङ्जाका एकएक जनामा पनि कोरोना देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७७७ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार २६० पुगेको छ ।
हाल प्रदेशभर ३१४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २९६ जना रहेका छन् ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १०८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २८ हजार ४२८ नमुना परिक्षण भएको छ ।
