
पोखरा । दैविक शक्ति खोज तथा उपचार केन्द्र नेपालको स्थापना दिवस विभिन्न कार्यक्रम गर्दै मनाएको छ ।
बिहीबार सम्पन्न स्थापना दिवसमा केन्द्रका अगुवा तथा अतिथिले अन्तक्र्रिया गर्दै उपचार केन्द्रको भूमिका राज्यमा स्थापित गर्न चाहेको बताए ।
सभामा प्रमुख अतिथि डाक्टर अनुपम क्षत्रीले मानिसलाई आत्मिक उपचारमार्फत् दैविक शक्ति खोज तथा उपचार केन्द्रले उल्लेखनीय भूमिका खेलेको बताए । डा. क्षत्रीले जडिबुटीमार्फत् हुने उपचार सकारात्मक हुने उल्लेख गर्दै भगवानलाई सबैले मान्ने गरेको तथ्य प्रस्तुत गरे । डा. क्षेत्रीले दैविक शक्ति खोज तथा उपचार केन्द्रलाई राज्यका निकायले आवश्यक संरक्षण गर्न सक्नु पर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष तमबहादुर थापा(सफल)को अध्यक्षतामा भएको सभामा चन्द्रकला गैह्रे, तुल्सीदेवी ढकाल, सूर्य गौतम, रेशम ढकाल, शारदा कार्की, सागर अधिकारी, खेमलाल अधिकारी, लालकुमारी सन्यासी, रञ्जना श्रेष्ठ, तेजप्रसाद अधिकारी लगायत सम्मानीत भएका थिए ।
संस्थाका सचिव सूर्य गौतमले सञ्चालन गरेको सभामा स्वागत मन्तव्य लालकुमारी सन्यासीले व्यक्त गरेकी थिइन् । कार्यक्रममा सम्मान, प्रमाणपत्र वितरण, नयाँ सदस्यता थप, शुभकामना आदान प्रदान गर्दै स्थापना दिवस मनाएको प्रकाश भण्डारीले जानकारी दिए । सभामा संस्थाको प्रगति विवरण पेशसहितका रचनात्मक कार्य गरिएको थियो ।
