आज नेकपा ओली पक्षले रुपन्देहीको बुटवलमा प्रदेशस्तरीय बृहत् सभा गर्दै

404
0
Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली पक्षले आज ‘लुम्बिनी प्रदेशस्तरीय बृहत् सभा’ गर्दैछ । सभा बुटवलस्थित् सिद्देश्वरी मैदानमा हुन लागेको हो ।

नेकपा लुम्बिनी प्रदेशले आयोजना गरेको आमसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सम्बोधन गर्ने बताइएको छ ।

आमसभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल ¥याली निकाल्नुका साथै मार्चपास समेत गरेका छन् ।

नेकपाले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौँमा विशाल जनसभा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: