आज विश्व रेडियो दिवस मनाइँदै

Share:

पोखरा । आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा २००३ सालमा काठमाडौँमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले रेडियोको प्रसारण शुरु गरेको थियो।

नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो ।

हाल नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त एफएम रेडियोको संख्या ९०० हाराहारी छ भने ७०० भन्दा बढी रेडियोले नियमित प्रसारण गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: