
पोखरा । छिमेकी देश भारतमा थप १२ हजार १८८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख ४ हजार ७३८ पुगेको हो ।
तीमध्ये १ करोड ६ लाख ९ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ११ हजार ७९ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८५ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ६७३ पुगेको छ ।
हाल भारतमा १ लाख ३९ हजार २७७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
