विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ९० लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड ९० लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ३ लाख ७२ हजार ३६७ जनामा कोरोना पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या १० करोड ९० लाख ९० हजार ४९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा १० हजार १४६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ४ हजार ११८ पुगेको छ ।

हालसम्म विश्वभर ८ करोड १२ लाख ६६ हजार ५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ७१ हजार ७४१ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५४ लाख १९ हजार ४०९ सक्रिय संक्रमित छन् । ती मध्ये ९८ हजार ६८७ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८१ लाख ९६ हजार ९६४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८१ लाख ५३ हजार १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार ६३ पुगेको छ ।

हाल अमेरिकामा ९५ लाख ४७ हजार ७७५ सक्रिय संक्रमित छन् । ती मध्ये १९ हजार ५५५ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: