
पोखरा । पोखरा–२५ याम्दीमा ट्याक्सीको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान ९ः५५ बजे ध१ज ९८८ नं को ट्याक्सीले ग१७प ९१६२ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङजा पुतलीबजार–९ लामागे घरभई पोखरा–९ नागढुंगा बस्ने ४० वर्षीय श्रीकृष्ण भण्डारी गम्भीर घाइते भएका हुन् ।
बागलुङबाट पोखरातर्फ आउँदै गरेको उक्त ट्याक्सीले हेम्जाको याम्दीमा भित्री सडकबाट हाईवेमा निस्कदै गरेको स्कुटरलाई ठक्कर दिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
गम्भीर घाइते भण्डारीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । ट्याक्सी र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
