
तनहुँ । तनहुँमा सवारी दुर्घटना हुँदा एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका–३ आबुखैरेनी चोक स्थित पृथ्वी राजमार्गमा आइतबार बिहान करिब ८ बजे भएको दुर्घटनामा लमजुङ मध्येनेपाल नगरपालिका–६ भोर्लेटार बस्ने वर्ष १७ की अन्वेशा पौडेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको ना १९प ९२४ नं.को मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको NL01N2986 नं.को ग्यास बुलेटले पछाडीबाट ठक्कर दिँदा उक्त मोटरसाईकल बिपरित दिशाबाट आउँदै गरेको ग३ च २०८४ नं.को कारमा गई ठक्कर खादाँ मोटरसाईकल पछाडी सवार पौडेलको मृत्यु भएको हो ।
उक्त घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
