
पोखरा । चिल्ड्रेन–नेपाल बालबालिका युवा तथा परिवार कल्याण शाखाले बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुको लागि सोमबार पोखरा ७ स्थित श्रीकृष्ण माद्यमिक बिद्यालयमा ३८ जना बालबालिकाहरुको लागि बिद्यालय पोशाक वितरण गरेको छ ।
संस्थाका कोषाध्यक्ष शान्त पौडेलको अध्यक्षता र पोखरा महानगरपालीका ७ का वाड अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले संस्था स्थापना सगै संस्थाले श्रीकृष्ण माबिको शैक्षिक स्तर प्रबद्र्धनको लागी निरन्तर लागेको र बालबालिका स्यम आफुले जिउने र अरुको निम्ति उपयोगी हुने शिक्षामा लाग्न प्रेरीत गर्ने कुरा बताउदै संस्थाले पोखरा महानगरपालिका भित्रका कन्या मा बि, धर्मस्थली आधारभुत बिद्यालय, नबप्रभात मा बि, कालिका मा बि, जनप्रिय मा बि, पार्दी मा बि, श्रीकृष्ण मा बि,सहारा आधारभुत बिद्यालय, राम आधारभुत बिद्यालय,सरस्वती आधारभुत बिद्यालय, बाराही मा बि पुर्णेश्वर मा बि पर्बत र बुद्ध नगर आधारभुत बिद्यालय काठमाण्डौ लगायतका सामुदायिक र निजि गरी ६३ वटा बिद्यालयका ४५० जना बालबालिकाहरुको लागि बिद्यालय पोशाक वितरण गरिएको कुरा बताएका थिए ।
त्यसैगरी, प्रमुख अतिथि रामचन्द्र बरालले संस्थाको कामको प्रशंसा गर्दै बालबालिकाहरुले संस्थाको सहयोगको उच्चतम सदुपयोग गर्दै आफुलाई रचनात्मक बनाउदै अगाडी बढ्न प्रेरित गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्त पौडेलले चिल्ड्रेन नेपाल र श्रीकृष्ण माबि बिच नङ र मासुको सम्बन्ध रहेको कुरा बताउदै आगामी दिनमा पनि यस बिद्यालयका बालबालिकाहरुको शिक्षामा निरन्तर साथ रहने कुरा बताए । बालबालिकाहरु पोसाक पाए पछि अत्यन्तै खुसी हुँदै संस्थालाई धेरै धेरै धन्यबाद दिएका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै चिल्ड्रेन नेपाल र श्रीकृष्ण माद्यमिक बिद्यालय बिचको सुमधुर सम्बन्धका कारण बालबालिकाहरु बिद्यालय निरन्तर गर्न सकेको भन्दै संस्थाको कामको प्रशंसा गरे । कार्यक्रमको संचालन चिल्ड्रेन–नेपाल बालबालिका युबा तथा परिवार कल्याण शाखाका सह संयोजक रमेश सुबेदीले गरेका थिए ।

