
पोखरा । देशका अधिकांश क्षेत्रको मौसम आज मंगलबार आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।
अहिले बिहान प्रदेश न १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
मंगलबार दिउँसो प्रदेश नं. १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदलीको संभावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।
यस्तै, राति प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदलीको संभावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
