
पोखरा । देशभर थप १०५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४० महिला र ६५ पुरुष गरी १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।
तीमध्य नेपालमा २ लाख ६९ हजार ३०३ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप ९९ जना निको भएका छन् ।
हालसम्म नेपालमा २ हजार ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । गत २४ घण्टामा भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
अहिले देशभर १ हजार ५८७ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७४ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ३६० परिक्षण भएको छ भने हालसम्म २१ लाख २३ हजार ९५१ परिक्षण भएको छ ।
