मंगलबार गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, २६ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ११ सहित मंगलबार गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका १४ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ११ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दी, स्याङ्जा र तनहुँका एक/एक जनामा पनि कोरोना देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८४८ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ३७८ पुगेको छ ।

हाल प्रदेशभर २६७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २५८ जना रहेका छन् ।

हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ७८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २९ हजार १०६ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: