
पोखरा । भारतमा थप ११ हजार ७९५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९ लाख ३७ हजार १०६ पुगेको हो ।
तीमध्ये १ करोड ६ लाख ४२ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १२ हजार ११ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १०९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ९४९ पुगेको छ ।
हाल भारतमा १ लाख ३८ हजार २५४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
