प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन आजबाट

516
0
Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम शुरु गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको यो समूहले आजदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गर्न लागेको हो ।

कार्यक्रमको पहिलो दिन आज सम्बन्धित प्रदेश कमिटीको नेतृत्वमा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिने बताइएको छ । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने बताइएको छ ।

कार्यक्रम अन्तर्गत भोलि एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गलो बनाएर टुँडिखेल घेर्ने, फागुन ७ गते सबै वडामा विरोध गरिने तथा फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने सो समूहको तयारी छ ।

यस्तै, फागुन ८ गते काठमाडौँमा बृहत अन्तरक्रिया र ९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने, १० गते दलित मोर्चा र ११ गते उत्पीडित समुदायको अगुवाईमा प्रदर्शन हुनेछ भने १४ गते युवा र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा -याली प्रदर्शन गरिने जनाइएको छ ।

समूहले पुस ५ गते देखि देशभर लगातार संघर्षका कार्यक्रम संञ्चालन गर्दै आएको छ । पुस १४, माघ ९ र माघ २८ गते काठमाडौँमा विरोधसभा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: