कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु पुष्टि

Share:

पोखरा । कोरोना संक्रमणबाट पोखरामा आज एक महिलाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं.–१३ निवासी ७१ वर्षीया महिला रहेकी छन् ।

गत माघ २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएकी ती महिलाको मंगलबार साँझ ७ः४० बजे मृत्यु भएको हो । मृतक महिला कोरोना सँगै मृगौला र सुगरको बिरामी समेत रहेको स्वास्थ निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: