विश्वभर ११ करोड ४ लाख बढीमा कोराना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड ४ लाख १८ हजार ६९७ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ३ लाख ९२ हजार २९३ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ११ हजार ३४४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ३९ हजार ८१८ पुगेको छ ।

हालसम्म विश्वभर ८ करोड ५३ लाख १४ हजार ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ६७ हजार ३४९ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड २६ लाख ६४ हजार २०१ सक्रिय संक्रमित छन् । ती मध्ये ९६ हजार ३० गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८४ लाख ५३ हजार ५२६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८५ लाख ९६ हजार ४९७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख २ हजार ५४४ पुगेको छ ।

हाल अमेरिकामा ९३ लाख ५४ हजार ४८५ सक्रिय संक्रमित छन् । ती मध्ये १८ हजार २२७ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: