क्याफे अमेरिकानो एण्ड बारिष्ट ट्रेनिङ्ग सेन्टरको पहिलो ब्याजका प्रशिक्षार्थीलाई विदाई

Share:

पोखरा। क्याफे अमेरिकानो एण्ड बारिष्टा ट्रेनिङ्ग सेन्टरले आफ्नो पहिलो ब्याजका प्रशिक्षार्थीहरुलाई विदाई गरेको छ ।

कोरोना भाइरसकाको महामारीकै बिचमा सुरु भएको क्याफे एण्ड बारिष्टा ट्रेनिङ्ग सेन्टरले उद्देश्य अनुसार सफलतापुर्वक प्रशिक्षण सकाएर आफ्ना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र सहित विदाई गरेको हो ।

विगत १२ वर्षसम्म बैदेशीक रोजगारीको शिलसिलामा बहराइनमा काम गर्दै आउनुभएका बारिष्टा ट्रेनिङ्ग सेन्टरका सञ्चालक तथा बारिष्टा ट्रेर्नर संगम गुरुङ्गले आफुले विदेशमा सिकेका सिपलाई स्देशमा नै कहि गर्न सकिन्छ भन्ने उद्देश्यले क्याफे अमेरिकानो एण्ड बारिष्टा ट्रेनिङ्ग सेन्टर सञ्चालनमा ल्याएको बताए ।

पोखरा प्राकृतिक छटाले निकै सुन्दर छ र पर्यटकीय राजधानी पनि हो । अहिलेको समयमा स्वदेशी तथा विदेशी पर्यटकहरुको बिशेष रोजाईमा कफि पर्ने गर्दछ । ग्राहकको माग अनुसार सन्तुष्टि दिन सके स्वदेशमा नै राम्रो आयआर्जन गर्न सकिने गुरुङ्गको दावि रहेको छ । गुरुङ्गले भन्नुभयो ,“मान्छेहरु विदेश जान भनेपछि जति पनि लगानी गर्न तयार हुन्छन तर नेपालमा नै लगानी गर्न खोज्दैनन् । स्वदेशमा नै रहेर पनि विदेशको भन्दा बढि पैसा कमाउन सकिन्छ ।” अहिले आफुहरुले छोटो समय ग्राहकहरुको मन जित्न सफल भएको गुरुङ्गले बताए ।

यसअघि धेरै जनालाई प्रशिक्षण दिएको अनुभव भएका गुरुङ्गले आफैले ट्रेनिङ्ग सेन्टर खोलेर चाँहि पहिलो पटक प्रशिक्षण गरेको बताएका थिए । कार्यक्रममा १२ जना सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरीएको थियो । यस्तै प्रशिक्षार्थीहरुले पनि आफुहरुले सिकेको सिपलाई भविष्यमा व्यवसायीक रुपमा लाने बताएको छन ।

कार्यक्रममा बोल्दै गुरुङ्गले ट्रेनिङ्ग सेन्टरमा सिकेको सिपलाई स्वदेश तथा विदेशमा उपयोग गर्न सकिने बताएका थिए ।
यस्तै प्रशिक्षार्थीहरुलाई आवश्यक परेको बेला सधैं सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कमेन्ट गर्नुहोस्
Share: