दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

559
0
Share:

दोलखा। दोलखामा आफ्नै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

जिल्लाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा आज (शनिबार) बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो। हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका–७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: