देशभर थप ८८ जनामा कोरोना संक्रमण, १३६ संक्रमणमुक्त

Share:

पोखरा । देशभर थप ८८ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३१ महिला र ५७ पुरुष गरी ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

तीमध्य नेपालमा २ लाख ६९ हजार ७५५ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप १३६ जना निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ । गत २४ घण्टामा भने देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

अहिले देशभर १ हजार ५३५ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७१ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ४८ परिक्षण भएको छ भने हालसम्म २१ लाख ३६ हजार ३०९ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: