उपचारका लागि बाबुराम भट्टराई भारत जाँदै

456
0
Share:

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदैछन् ।

उनी स्वास्थ्य उपचारका लागि आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएको थियो ।

अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् ।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: