विश्वभर ११ करोड १६ लाख बढीमा कोराना संक्रमण पुष्टि

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड १६ लाख ३८ हजार ७२८ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ३ लाख ७२ हजार ३९६ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ८ हजार ४४६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ७१ हजार ४३५ पुगेको छ ।

हालसम्म विश्वभर ८ करोड ६८ लाख ३७ हजार ९३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख २१ हजार ३२३ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड २३ लाख २९ हजार ३६० सक्रिय संक्रमित छन् । ती मध्ये ९३ हजार ९९४ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८७ लाख ६ हजार ४७३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८८ लाख ९९ हजार २७२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९ हजार ८७५ पुगेको छ ।

हाल अमेरिकामा ९२ लाख ९७ हजार ३२६ सक्रिय संक्रमित छन् । ती मध्ये १७ हजार १९८ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: