
पोखरा । भारतमा थप १४ हजार ३१५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९ लाख ९१ हजार ९१ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।
तीमध्ये १ करोड ६ लाख ८७ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ११ हजार ६५६ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ९९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ३३९ पुगेको छ ।
हाल भारतमा १ लाख ४७ हजार २१४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
