
पोखरा । छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड १० लाख नाघेको छ ।
गत २४ घण्टामा थप १३ हजार ९८० जनामा कोरोनापुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १० लाख ५ हजार ७१ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।
तीमध्ये १ करोड ६ लाख ९७ हजार १४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ९ हजार ४७६ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ७९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ४१८ पुगेको छ ।
हाल भारतमा १ लाख ५१ हजार ६३९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
