विश्वभर ११ करोड १९ लाख बढीमा कोराना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड १९ लाख ५३ हजार २९२ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ३ लाख १२ हजार ७११ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ६ हजार २९३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ७७ हजार ७९० पुगेको छ ।

हालसम्म विश्वभर ८ करोड ७३ लाख १८ हजार ३५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ६२ हजार ४४९ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड २१ लाख ५७ हजार १४९ सक्रिय संक्रमित छन् । ती मध्ये ९३ हजार ९३४ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८७ लाख ६५ हजार ४२३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८९ लाख ७३ हजार १९० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ११ हजार १३३ पुगेको छ ।

हाल अमेरिकामा ९२ लाख ८१ हजार १०० सक्रिय संक्रमित छन् । ती मध्ये १६ हजार ९५३ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: