
गोरखा । गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना सुतेकै ठाउँमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत फेला परेको प्रहरीले जनाएको छ ।
बिहान ८ बजेसम्म ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि स्थानीयले गएर हेर्दा सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्थानीयले खबर गरेपछि बारपाक प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी पुगेको र इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकहरुको मुखबाट सेतो फिज पनि आएको प्रहरीले जनाएको छ ।
