सोमबार गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि, २५ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका १५ सहित गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सोमबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका १७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १५ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँ र बाग्लुङका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९५५ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ४८३ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २६७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २३६ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १५१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २९ हजार ९५७ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: