
पोखरा । देशभर थप १२५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४४ महिला र ८१ पुरुष गरी १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।
तीमध्य नेपालमा २ लाख ६९ हजार ९६६ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप ९० जना निको भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ । गत २४ घण्टामा भने देशभर कसैको पनि मृत्यु भएको छैन ।
अहिले देशभर १ हजार ५२९ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६६ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ६८१ परिक्षण भएको छ भने हालसम्म २१ लाख ४३ हजार ३१५ परिक्षण भएको छ ।
