
पोखरा । पोखरामा अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङ वाकाचोल–९ स्थायी घर भई हाल पोखरा–१८ खपौदी बस्दै आएका ३६ वर्षीय वीरबहादुर तामाङ र पोखरा–१७ घारीपाटन निवासी २९ वर्षीय अरुण तामाङ रहेका छन् ।
शुक्रबार दिउँसो चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित फेवातालको सिरान पोखरा–१८ खपौदीबाट लागुऔषध व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागुऔषध डाइजापाम १८ एम्पुल, फेनरागन २४ एम्पुल र नुर्फिन ३१ एम्पुल तथा र २ थाना मोवाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई लागूऔषध कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
