आज सुनचाँदी कतिमा कारोबार हुँदैछ?

Share:

पोखरा । स्थानिय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ११ सयले बढेर ९० हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ८९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: