मंगलबार पोखराका थप ८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । मंगलबार पोखराका थप ८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकाका ८ जनामा कोरोना देखिएको हो ।

पोखरा महानगरपालिका वडा नं. ८ का ४० र ६० वर्षीय पुरुष, वडा नं. १४ का ५७ वर्षीय पुरुष, वडा नं. १७ का ४० र ६० वर्षीय पुरुष, वडा नं. १९ का ५८ वर्षीय पुरुष, वडा नं. २९ की १८ वर्षीया महिला र वडा नं.३० का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९६३ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ५१५ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २४३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २१४ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ९९ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३० हजार ५६ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: