देशभर थप ११० जनामा कोरोना पुष्टि, ४ को मृत्यु

Share:

पोखरा । देशभर थप ११० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३९ महिला र ७१ पुरुष गरी ११० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

तीमध्य नेपालमा २ लाख ७० हजार ६८ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप १०२ जना निको भएका छन् ।

यस्तै, गत २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।

अहिले देशभर १ हजार ५३३ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६५ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार २१८ परिक्षण भएको छ भने हालसम्म २१ लाख ४६ हजार ५३३ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: