
पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मुल्यमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाला सुन तोलाको ८९ हजार ३ सयमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
