अलिकति नैतिकता छ भने केपी ओलीले तत्काल राजीनामा दिनुपर्छः प्रचण्ड

589
0
Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् । उनले भने ‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस् ।’

सर्वोच्चको निर्णयले नेपाली जनताको विजयी भएको बताए । उनले यो विजयका लागि नेपाली बौद्धिक, न्यायाधिक समुदायसँगै संविधानविद र कानुनविदलाई धन्यवाद दिए।

उनले देशैभर खुशीयाली मनाउन अपील समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: