
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् ।
शुक्रबार प्रदेश १ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर उनको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।
गुरुङ नेकपा प्रचण्ड–माधव समूहमा रहेका छन् भने भट्टराई ओली समूहका हुन् ।
कमेन्ट गर्नुहोस्
