
काठमाडौँ । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ ।
बिहीबार राति मस्तिष्कघात भएका जोशीको अहिले नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान २ः३० बजे भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
उनको टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको र हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेका अस्पतालले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
