पोखराको भलाममा दाङका युवा मृत फेला

Share:

पोखरा । पोखरामा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

भलाम–मौजा कच्ची सडक खण्ड अन्तरगत पोखरा–२० भलामस्थित सडकको नालामा दाङ लमही घरभई पोखरामा सडक नालाको काम गर्ने ३५ वर्षीय नन्दु घर्ती मृत फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार आज बिहान ९ः२० बजे घर्ती नालामा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: